नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज दुई कम्पनीको ७५ लाख बढी कित्ता सेयर सूचीकृत भएको छ। नेप्सेका अनुसार आज प्राइम कमर्सियल बैंक र गुराँस लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो ।
प्राइम कमर्सियल बैंकको ७४ लाख ६२ हजार ५२९.१२ कित्ता सेयर सूचीकृत भएको छ । बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही सेयर नेप्सेमा सूचीकृत भएको हो ।
त्यस्तै, गुराँस लघुवित्तको ३९ हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ । यस लघुवित्तले पनि गत वर्षको नाफाबाट लगानीकर्तालाई ४ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही सेयर सूचीकरण गरिएको हो ।







