आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को अन्तिम तथा निर्णायक खेलमा नेपालले टस हारेर बलिङ्ग गर्ने भएको छ । बिहीबार बिहान त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यूएईले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।
यसअघि नै एकदिवसीय मान्यता जोगाएको नेपालले बिहीबार यूएईलाई हराएमा एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ ।
आजको खेलमा नेपाली क्रिकेट इतिहासकै सबैभन्दा ठूलो र महत्त्वपुर्ण हुनेछ । आजको खेल जितेमा नेपालले ३९ अंक रहेको नामिबियालाई उछिन्दै जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकपको छनोट खेल्न पाउनेछ ।







