हिमालयन हाइड्रोपावरले डाक्यो साधारण सभा

हिमालयन हाइड्रोपावर लिमिटेडले १५औं वार्षिक साधारण सभा चैत (२४ गते) गर्ने भएको छ । सभा कास्की जिल्ला, पोखरा महानगरपालिकामा हुने कम्पनीले जनाएको छ । फागुन ३० गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट चञ्चालक निर्वाचन गर्ने पनि गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले चैत १३ गते बुक क्लोज गर्ने जनाएको छ । यसको आधारमा चैत १२ गतेसम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *