नेपाल स्टक एक्सचेन्जमा प्रभु बैंकको सेयर आज (बुधवार) सूचिकृत भएको छ । प्रभु बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गरेपछि कायम हुन आएको कुल १० करोड ७७ हजार १९८ दशमलव ८५ कित्ता साधारण सेयर सूचिकृत गरिएको हो ।
लगानीकर्ताले यस सेयर भोलि बिहीवारदेखि कारोबार गर्न सक्नेछन् । अब सेञ्चुरी कमर्सियल बैंकका सेयरधनीको हितग्राही खातामा प्रभु बैंकको नामबाट सेयर देखिनेछ ।




