रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले आईपिओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई फागुन २५ गते अनुमति प्रदान गरेको हो ।
कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणका लागि कुल ८ करोड ४० लाख बराबरको ८ लाख ४० हजार कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको हो । सेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।
कम्पनीले खोटाङ्ग जिल्लाको केपिलासगढी गाउँपालिकामा अवस्थित रावा खोलामा ३ मेगावाट क्षमताको आयोजना निर्माण कार्य सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ ।
रावा खोलामा नै २.५ मेगावाटको अर्को आयोजना निर्माण गरिरहेको छ ।







