नेप्सेमा दुई कम्पनीको सेयरमूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्ज नेप्सेले दुई कम्पनीको सेयरमूल्य समायोजन गरेको छ । सोमबार नेप्सेले कृषि विकास बैंक र स्वरोजगार लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य समायोजन गरेको हो।

नेप्सेका अनुसार कृषि विकास बैंकको २ प्रतिशत बोनसपछिको सेयरमूल्य २९३.१४ रुपैयाँमा समायोजन भएकाे छ । बैंकको अन्तिम कारोबार २९९ रुपैयाँमा भएको थियो ।

त्यस्तै, स्वरोजगार लघुवित्त वित्तीय संस्थाको २२ प्रतिशत बोनसपछिको शेयरमूल्य ६६६.९३ रुपैयाँमा भएको छ । संस्थाको अन्तिम कारोबार ८१० रुपैयाँमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *