कुमारी बैंकको सवा ३ लाख कित्ता बढी सेयर बिक्रीमा

कुमारी बैंकको  सवा ३ लाख कित्ता बढी सेयर बिक्रीमा राखिएको छ ।

कुमारी बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख २१ हजार ३९४ कित्ता सेयर बिक्रीमा राखेको हो। जसमा संस्थापक सेयरधनीहरु बालकृष्ण श्रेष्ठको नाममा रहेको ३ लाख १६ हजार १४० कित्ता र चन्द्रबहादुर खत्रीको ५ हजार २५४ कित्ता सेयर बिक्रीमा राखिएको छ।

तोकिएको मितिभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य सर्वसाधारण तथा संस्थाका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ।

तेस्तै, उक्तसेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । इच्छुक सेयरधनीहरुले ३५ दिनभित्र बैंकको सेयर रजिस्ट्रार कुमारी क्यापिटलको काठमाण्डौको नागपोखरीस्थित कार्यालय र काठमाण्डौको टंगालस्थित बैंकको प्रधान कार्यालयमा शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *