प्रभु स्मार्ट फन्डमा १.५५ गुणा बढीको आवेदन

प्रभु स्मार्ट फण्डमा १.५५ गुणा बढीको आवेदन परेको छ । प्रभु बैक लिमिटेड कोष प्रबद्र्धक र प्रभु क्यापिटल लिमिटेड कोष व्यवस्थापक तथा डिपोजिटरी रहेको प्रभु स्र्माट फण्डले सर्वसाधारणको लागि आइतबारसम्म आवेदनको लागि आह्रवान गरिएको थियो ।

जसमा संस्थाहरुसहित सर्वसाधारणहरुबाट १० करोड ५२ लाख ९६ हजार इकाईको लागि आवेदन परेको छ । उक्त आवेदन सर्वसाधारणहरुलाई छुटयाईएको भन्दा १.५५ गुणा बढीको आवेदन हो । १० बर्ष अवधि रहेको बन्दमुखी योजना प्रभु स्र्माट फण्डलाई केयर नेपाल लिमिटेडले केयर एनपी (एएमसी क्वालिटी ३) रेटिङ्ग प्रदान गरेको छ ।

क्यापिटलले रु.८० करोड रकम बराबरको प्रभु स्र्माट फण्ड नामको योजना निष्काशन गरेको भएता पनि सामुहिक लगानी कोष निर्देशिका, २०६९ को नियम १५ को उपनियम ४ मा भएको व्यवस्था अनुसार निष्काशन गरिएको भन्दा बढी संख्यामा इकाई माग भएमा निष्काशन गरिएको इकाई संख्याको पच्चीस प्रतिशतसम्म थप गरी इकाई बाँडफाँड गर्न सकिनेछ भन्ने व्यवस्था रहेकोले प्रभु स्मार्ट फण्डले बिँज पूँजी सहित रु.१ अर्ब बराबरको इकाई बाँडफाँड गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *