हकप्रद सेयर जारी अपी पावरलाई विद्युत नियमन आयोगको स्वीकृति

अपी पावर कम्पनी लिमिटेडलाई हकप्रद सेयर निष्काशन गर्न विद्युत नियमन आयोगको अनुमति पाएको छ । आयोगले फागुन २६ गते (शुक्रबार) पत्र पठाउँदै अपी पावरलाई हकप्रद सेयर निष्काशन गर्न सहमति प्रदान गरेको हो।

अपी पावरले हकप्रद जारीको अनुमति माग्दै गत फागुन १७ गते आयोगमा निवेदन पेस गरेको थियो । निवेदनमा गत आर्थिक वर्षको ७.५ प्रतिशत बोनस सेयर वितरणपछि कायम हुने चुक्तापुँजी ४ अर्ब १३ करोड ३२ लाख रुपैयाँको ४० प्रतिशत अर्थात १:०.४ को अनुपातमा हकप्रद जारी गर्न निगमसँग अनुमति मागेको थियो।

निगमको अनुमतिसँगै अब अपी पावरले ४० प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका कुल १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर जारी गर्ने प्रक्रिया अगाडि बढाउनेछ।

अब कम्पनीले हकप्रद निष्काशन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति माग्नु पर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *