झनै बढ्यो महंगी

चालु आर्थिक वर्षको ७ महिनामा थप महंगी बढेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको माघ मसान्तसम्मको आर्थिक तथा वित्तीय अवस्थाको तथ्यांकअनुसार वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति बढेर ७.८८ प्रतिशत पुगेको छ।
अघिल्लो महिना पुसमा ७.२६ प्रतिशतमा झरेको थियो। अघिल्लो वर्षको माघ महिनामा भने यस्तो मुद्रास्फीति ६.२४ प्रतिशत रहेको थियो।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.१९ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.२२ प्रतिशत रहेको छ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत रेस्टुरेनट तथा होटल उपसमूहको वार्षिक व्न्दिुगत मूल्य सूचकांक् १५.२४ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२.३९ प्रतिशत, सुर्तीजन्य पदार्थको १०.८३ प्रतिशत, मदिराजन्य पेय पदार्थको ८.७८ प्रतिशत र मरमसलाको ८.०४ प्रतिशतले बढेको छ।

गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात उप–समूहको मूल्य सूचकांक १५.५८ प्रतिशत, स्वास्थ्यको १०.३९ प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको ९.७८ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणहरुको ९ प्रतिशत र मनोरञ्जन तथा संस्कृतिको ८.८१ प्रतिशतले बढेको छ।

यस्तै, समीक्षा महिनामा काठमाडौँ उपत्यकामा ८.४७ प्रतिशत, तराईमा ७.८२ प्रतिशत, पहाडमा ७.३० प्रतिशत रहि मालमा ७.९२ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७८ माघ महिनामा यी क्षेत्रहरूमा क्रमशः ५.४७ प्रतिशत, ६.५० प्रतिशत, ६.७१ प्रतिशत र ५.९७ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

थोक मुद्रा स्फीतिको स्थितिमा २०७९ माघ महिनामा वार्षिक बिन्दुगत थोक मुद्रा स्फीति ९.६७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १०.३४ प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ३.४९ प्रतिशत, १४.०२ प्रतिशत र ५.४४ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि १२.०७ प्रतिशत रहेको केन्द्रीय बैङ्कले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *