प्रभु स्मार्ट फण्डमा आवेदन दिने आज अन्तिम दिन

प्रभु क्यापिटलले निष्काशन गरेको प्रभु स्मार्ट फण्ड नामक सामुहिक लगानी कोष योजनाको इकाईहरुमा आवेदन दिने आज (फागुन २८ गते ) अन्तिम दिन रहेको छ । प्रभु क्यापिटलले फागुन १८ गतेबाट प्रभु स्मार्ट फण्ड नामक सामुहिक लगानी कोष योजनाको इकाईहरु बिक्री खुला गरेको हो ।

क्यापिटलले प्रभु म्युचुअल फण्ड अन्तर्गत संचालन हुने प्रभु स्मार्ट फण्ड नामक बन्दमुखी म्युचुअल फण्ड योजनाको इकाई निष्काशन गरेको हो । यस योजनाको आकार ८० करोड रहेको छ । क्यापिटलले प्रति इकाई १० रुपैयाँको दरले फण्डको ८ करोड इकाई निष्काशन गरेको हो । जस मध्ये १ करोड २० लाख इकाई कोष प्रबर्दक प्रभु बैंकलाई छुट्याईएको छ । त्यस्तै ८ लाख इकाई योजना व्यवस्थापक प्रभु क्यापिटललाई छुट्याईएको छ। बाँकि रहेको ६ करोड ८० लाख इकाईको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । यस म्युचुअल फण्डको अवधि १० वर्ष रहेको छ ।

प्रभु क्यापिटल सामुहिक लगानी कोष अन्तरगत दोश्रो योजना अन्तर्गत प्रभु स्मार्ट फण्ड संचालन गर्न लागेको हो। यो योजना एक बन्दमूखि योजना हो । यस योजनाले इकाई बिक्रीबाट संकलित रकमको ३५ देखि ९० प्रतिशत सम्म शेयरमा लगानी गर्ने छ अर्थात यो एक इक्विटि ओरिएण्डेड योजना हो ।

क्यापिटलका अनुसार प्रभु स्मार्ट फण्ड एउटा इक्विटी लक्षित बन्दमुखी सामुहिक लगानी योजना हो । प्रभु स्मार्ट फण्डको अवधि १० वर्षको रहेको छ । फण्डबाट संकलन भएको रकम इक्विटी र निश्चित प्रतिफल प्रदान गर्ने वित्तिय औजार अर्थात फिक्स्ड इनकम इन्स्ट्रुमेन्टमा सन्तुलन गरी लगानी गर्ने योजना रहेको छ ।

फण्डले लगानी गरेपछि १० वर्षको अवधिमा करिब २५५ प्रतिशतसम्म प्रतिफल दिने योजना रहेको छ । यसका लागि बजारमा हुने उतारचढावलाई अवसरको रुपमा लिई सन्तुलन ढंगले लगानी गरी यस फण्डका युनिट होल्डरहरुलाई उच्चतम प्रतिफल दिने प्रयास गर्ने क्यापिटलले उल्लेख गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *