प्रचण्डीकरण भएको कांग्रेस वीपीकरण भए देशकाे राजनीती ट्र्याकमा आउँथ्याे : मिश्र

 राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेपाली कांग्रेस ‘प्रचण्डीकरण’ भएको भन्दै ‘वीपीकरण’को आवश्यकता औंल्याएका छन् । कांग्रेसका केन्द्रीय सदस्य एवं योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोखरेलको ट्विटलाई लिएर उनले प्रचण्डीकरण भएको कांग्रेसलाई छिट्टो वीपीकरणमा बदल्नुपर्ने बताएका छन् ।

मिश्रले कांग्रेस वीपीकरण भए देशको राजनीति र भविष्य ट्र्याकमा आउने दाबीसमेत गरेका छन् । ‘कांग्रेसका केन्द्रीय सदस्य, प्रशिक्षक, चुनावी घोषणापत्रका एक लेखक, योजना आयोगका पूर्व उपाध्यक्ष डा गोविन्दराज पोखरेलका पछिल्ला ट्विटहरू मलाई बढो अर्थपूर्ण लागिरहेछ ।’, सामाजिक संजालमा मिश्रले लेखेका छन्, ‘प्रचण्डिकरण’ भएको कांग्रेसलाई ‘बीपीकरण’ गर्न खोजिएजस्तो देखिने उनको प्रयास छिटो सार्थक भए यो देशको राजनीति र भविष्य ट्र्याकमा आउनेछ ।’

मिश्रले वर्तमान संविधानले प्रणाली नचल्ने पनि बताएका छन् । कांग्रेस नेता पोखरेलकै ट्विटलाई उदृत गर्दै उनले भनेका छन्, ‘यसअघिको ट्विटमा उनले (कांग्रेस नेता पोखरेल) दमननाथ ढुङ्गानाको यो भनाइ उद्धृत गरेका थिएः “यो संविधानले हाम्रो प्रणाली चल्ने पनि होइन, ढल्ने पनि होइन –– मात्र छल्ने हो।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *