उद्योगपति तथा नेपाली काँग्रेसका सांसद विनोद चौधरीले अस्पताल निर्माणका लागि सरकारसँग ५० करोड माग गरेका छन् ।
अर्बपति चौधरीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा अस्पताल निर्माणका लागि भन्दै ५० करोड उपलब्ध गरिदिन पत्र पठाएका छन् । चौधरीले आफ्नो निर्वाचन क्षेत्र नवलपरासी पूर्वको चौपत्तामा रिफरल अस्पताल निमार्णका लागि बजेट मागेका हुन् ।
आगामी वार्षिक कार्यक्रम तथा बजेटमा बहुवर्षिय वा क्रमागत कार्यक्रमको रूपमा समावेश गर्न चौधरीले मन्त्रालयलाई लेखेको पत्रमा भनिएको छ । बर्दघाट नगरपालिकाको स्वामित्वमा अस्पताल रहने र चौपत्तामा विशेष सेवा प्रदान गर्ने रिफरल अस्पताल स्थापना र विकास गर्ने पत्रमा उल्लेख छ । उनले अस्पतालको अनुमानित लागत ५० करोड मागेका छन् ।





