सर्वोत्तम स्टिलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

सर्वोत्तम स्टिल लिमिटेडले सर्वसाधारण प्राथमिक सेयर आईपीओ जारी गर्ने भएको छ । कम्पनीले जारी पूँजी मध्ये १२.६६३ प्रतिशत सेयर सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

सम्झौतामा सर्वोत्तम स्टिल लिमिटेडलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आनन्द नेपाल तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध संचालक दिनेश थकालीेले हस्ताक्षर गरेका छन् ।

सौरभ ग्रुपद्धारा संचालित सर्वोत्तम स्टिल लिमिटेडले विभिन्न प्रकारका गुणस्तरीय डण्डी तथा बिलेटहरुको उत्पादन गरी बिक्री वितरण गर्दे आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *