समृद्धि फाइनान्सको हेटौंडा शाखाद्धारा रक्तदान कार्यक्रम सम्पन्न

समृद्धि फाइनान्सले शुक्रबार शाखा कार्यालय हेटौंडाबाट रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान जिवनदान भन्ने नारालाई आत्मसात गर्दै कार्यक्रम आयोजना गरिएको हो ।

उक्त कार्यक्रम शाखाको प्राङगणमा सम्पन्न गरिएको थियो । गत बिहिबारबाट सुरु गरिएको कार्यक्रम शनिबार चितवन र आइतबार बुटवल शाखाबाट आयोजना गर्ने तालिका रहेको संस्थाले जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल आठ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ ।

आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड  जस्ता डिजिटल सुविधाहरु  प्रदान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *