सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको हो। योसँगै छापावाला सुन प्रतितोला १ लाख १ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख १ हजार ३०० रुपैयाँ कायम भएको छ।

हिजो बिहीबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको थियो। यो दिन छापावाला सुन प्रतितोला १ लाख १ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य स्थिर तोलाको १ हजार २२० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार २२० रुपैयाँमा किनबेच भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *