संविधानको भावनालाई अक्षरशः इमान्दारितापूर्वक पालना गर्ने कुरामा आफूलाई समर्पित गर्छु : पौडेल

नेपाली कांग्रेस, माओवादी केन्द्रसहित आठ दलीय गठबन्धनबाट राष्ट्रपतिका उम्मेदवार रहेका रामचन्द्र पौडेलले राष्ट्रपति बनेर संविधानको भावनालाई अक्षरशः इमान्दारितापूर्वक पालना गर्ने कुरामा आफूलाई समर्पित गर्ने प्रतिबद्धता जनाएका छन् । बिहीबार राष्ट्रपति निर्वाचनका लागि मतदान गरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

उम्मेदवार पौडेलले गणतन्त्रको राष्ट्रपति कस्तो हुनुपर्छ भन्नेकुरामा आफू सचेत रहेकाले सोहीअनुसारको व्यवहार हुने स्पष्ट पारे । उनले आफू सबैको माया पाएर राष्ट्रपति बन्ने विश्वास व्यक्त गरे ।

उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने उद्देश्य हो मेरो । संविधानको अक्षरशः भावनालाई इमान्दारितापूर्वक पालना गर्नेकुरामा आफूलाई समर्पित गर्छु । गणतन्त्रको राष्ट्रपति कस्तो हुनुपर्छ भन्नेकुरा म सचेत छु । सबैले माया गरेका छन्, सबैको विश्वासमा रहनेछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *