नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य घटेको छ । आज सुनको भाउ तोलामा १ हजार र चाँदीको मूल्य ४० रुपैयाँले घटेको हो।
योसँगै छापवाला सुन प्रतितोला१ लाख १ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख १ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मंगलबार पनि सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेर प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख २०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले घटेर १ हजार २२५ रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार १ हजार २६५ रुपैयाँमा किनबेच भएको थियो।







