ग्लोबल आइएमईको डिजिटल होली योजना, क्यूआरमार्फत भुक्तानी गर्दा १५ प्रतिशत क्यासब्याक पाइने

ग्लोबल आइएमई बैंक लिमिटेडले मोबाइल बैंकिङ एप्लिकेसन तथा क्यूआर पेमेन्ट प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यले डिजिटल होली योजना सार्वजनिक गरेको छ। यो योजनाअन्तर्गत ग्लोबल स्मार्ट प्लसबाट क्यूआर कोडमार्फत भुक्तानी गर्दा १५ प्रतिशत क्यासब्याक पाइनेछ।

यस योजनाअन्तर्गत २०७९ सालको होली पर्व अर्थात् फागुन २२ र २३ गते ग्लोबल स्मार्ट प्लसबाट क्यूआर कोडमार्फत ग्राहकले ‘जीआईबीएल– आफ्नो मनपर्ने रङको नाम’ लेखी भुक्तानी गर्दा एकपटकको खरिदको १५ प्रतिशत (रु. १५० सम्म) क्यासब्याक पाउनेछन्।

बैंकले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी समय–समयमा यस्ता योजनाहरु ल्याएर ग्राहकलाई प्रत्यक्ष रुपमा लाभान्वित गर्दै आएको छ।

ग्लोबल आइएमई बैंक आफ्ना ग्राहकलाई हर्षोल्लासका साथ–साथै सुरक्षित तरिकाले होली पर्व मनाउनका लागिसमेत आग्रह गर्दछ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। मुलुकको लगभग सबै वित्तीय सूचकांकहरुमा पहिलो बैंकले ३६४ शाखा कार्यालय, ३६३ एटीएम, ३२१ शाखारहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११०० भन्दा बढी सेवा केन्द्रबाट ४० लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *