पछिल्लो समय बैंक तथा वित्तीय संस्थाप्रति चारैतिरबाट आक्रमण हुन थालेको छ । बैंक तथा वित्तीय संस्थाले ज्यादती गरेको भन्दै उद्योगी व्यवसायी रुष्ट बनेका छन् ।
उद्योगी व्यवसायीहरु नो डिपोजिट अभियान समेत चलाएका छन् भने निरन्तर संघर्षका कार्यक्रम गरिरहेका छन् । बैंक तथा वित्तीय संस्थाहरु विरूद्ध गलत गतिविधि समेत बढ्न थालेका छन् ।
यस्तो घटनाक्रम बढेसँगै गृह मन्त्रालयले बैंक तथा वित्तीय संस्थाहरुविरूद्ध हुने गलत गतिविधि रोक्न देशभरका जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ ।
बैंक तथा वित्तीय संस्थाको सुरक्षाका लागि चनाखो भएर सुरक्षा प्रबन्ध गर्न र त्यस्तो गतिविधिहरुमाथि निगरानी बढाउन गृह मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।







