समृद्धि फाइनान्सको पुतलीसडक, बनेपा र पोखरा शाखामा रक्तदान कार्यक्रम सम्पन्न

समृद्धि फाइनान्सले आज शाखा कार्यालय पुतलीसडक, बनेपा र पोखराबाट रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

रक्तदान जीवनदान भन्ने नारालाई आत्मसात गर्दै कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ।

कार्यक्रम पोखरा र बनेपा शाखाको प्राँगणमा र पुतलीसडक शाखाले शंकरदेव क्याम्पस अगाडि ट्याक्सी स्ट्यान्डमा सम्मन्न गरिएको थियो।

आउँदो फागुन २६ गते हेटौँडा, फागुन २७ गते चितवन र फागुन २८ गते बुटवल शाखाबाट पनि रक्तादान कार्यक्रम आयोजना गरिने कम्पनीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *