स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १४ औँ वार्षिक साधारणसभा डाकेको छ।
संस्थाको सञ्चालक समितिको बुधबार (फागुन १७ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो चैत ११ आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान बिहान ११ः३० बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तावित चुक्तापुँजीको कुल २३.१५७९ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.१५७९ प्रतिशत नगद लाभांश छन्।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले फागुन ३० गतेदेखि चैत ११ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। फागुन २९ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो लघुवित्तको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।







