सेयर बजारमा २४.४४ अंकको गिरावट, १३ वटै सूचक राताम्मे

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकले घटेको छ । आज नेप्से २४.४४ अंकले घटेर २९९५.४९ बिन्दुमा पुगेको छ ।

त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ३.५६ अंकले घटेर ३७८.३७ बिन्दुमा पुगेको छ ।

कारोबार अवधिभर २५७ कम्पनीको ३७ लाख २९ हजार ७९६ कित्ता सेयर किनबेच भएको छ । यसदिन एक अर्ब २८ करोड ८३ लाखमाथिको कारोबार भएको छ ।

त्यस्तै, तीन अर्ब चार करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

कुल १३ वटै उपसमूहको सेयर मूल्यमा राताम्मे भएका छन्। आज कारोबार भएका कम्पनीमध्ये २० वटा कम्पनीको सेयरमूल्य बढेको छ भने १८९ वटा कम्पनीको सेयरमूल्य घटेको छ । ७ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

आज कारोबार भएको कम्पनीमध्ये एक कम्पनीको सेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आदर्श लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १६६३.७० रुपैयाँ पुगेको छ ।

आज बोटलर्स नेपाल तराई लिमिटेडको सेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको सेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ ।

कारोबारको आधारमा आज सबैभन्दा बढी अप्पर तामाकोसी हाइडोपावर कम्पनीको भएको छ । यसको आज ८ करोड ७२ लाखभन्दा बढीको कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *