नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ। आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो।
आज छापावाला सुन प्रतितोला १ लाख २ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १ हजार ८०० रुपैयाँ कायम भएको छ।
आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार २७० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार २५५ रुपैयाँमा किनबेच भएको थियो।




