स्वाभिमान लघुवित्त वित्तीयले छैटौँ वार्षिक साधारणसभा आह्वान गरेको छ ।
संस्थाको सोमबार (फागुन १५ गते) बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो चैत ११ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा रुपन्देहीको बुटवलस्थित डार्सिज इन्टरनेसनल होटेलमा बिहान ११ बजेबाट हुनेछ।
सभाले आर्थिक वर्ष २०७८/७९को मुनाफाबाट प्रस्तावित हाल कायम चुक्तापुँजी १२ करोड १७ लाख ८२ हजार १५० रुपैयाँको कुल २१.०५२६ प्रतिशतले हुन आउने २ करोड ५६ लाख ३८ हजार ३४७.३७ रुपैयाँबराबरको लाभांश पारित गर्नेछ। जसमा २० प्रतिशतले हुन आउने २ करोड ४३ लाख ५६ हजार ४३० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ १.०५२६ प्रतिशतले हुन आउने १२ लाख ८१ हजार ९१७.३७ रुपैयाँबराबरको नगद लाभांश छन्।
सभाले गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले आउँदो चैत ३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको चैत २ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो लघुवित्तको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।




