अर्थ सन्जाल
१७ आश्विन २०८०, बुधबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१७ आश्विन २०८०, बुधबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

मदिराजन्य पद्धार्थको विज्ञापन तत्काल रोक्न सर्वोच्चको आदेश

  • अर्थ सन्जाल
  • १७ फाल्गुन २०७९, बुधबार ०८:०९


सर्वोच्च अदालतले मदिराजन्य पदार्थको विज्ञापन तत्काल बन्द गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जनस्वास्थ्य ऐनको व्यवस्थाअनुसार विज्ञापन रोक्न सरकारका नाममा आदेश जारी गरेको हो । अदालतले प्रेस काउन्सिल र विज्ञापन बोर्डलाई आदेश कार्यान्वयन गरी दुई महिनाभित्र प्रतिवेदन पेस गर्न पनि भनेको छ ।

सञ्चार माध्यमसँगै राजमार्गका आसपास रहेका विज्ञापन बोर्ड पनि हटाउन आदेशमा भनिएको छ । आदेश कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको संयोजकत्वमा संयन्त्र बनाउन र काउन्सिल तथा बोर्डले प्रतिवेदन पेस गर्न भनिएको हो । उक्त प्रतिवेदनलाई पनि पूरक निवेदनसरह मानेर इजलासमा पेस गर्न आदेशमा उल्लेख गरिएको छ ।

सर्वोच्चको आदेशमा भनिएको छ, मादक पदार्थको विज्ञापन सामग्री उत्पादन, वितरण तथा प्रचारप्रसार गर्न नहुनेसम्बन्धी कानुनी व्यवस्थाको जिम्मेवारीपूर्ण ढङ्गले कार्यान्वयन गर्नू गराउनू, कुनै पनि सञ्चार माध्यममा यस्तो सामग्रीको प्रचार प्रसार नगर्नू नगराउनू गर्न नदिनू ।”

सर्वोच्चको आदेशपछि प्रेस काउन्सिल नेपालले भने विज्ञापन बोर्डलाई पत्राचार गरेको छ । विज्ञापन अनुगमनको जिम्मेवारी बोर्डसमक्ष रहेको भन्दै काउन्सिलले पत्राचार गरेको हो । काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले आदेश कार्यान्वयनका लागि काउन्सिलका तर्फबाट प्रक्रिया सुरु भइसकेको पनि बताए । उनले भने, “अदालतको आदेश नहुँदा पनि हामीले आचारसंहिताअनुसार यस्ता विज्ञापनबारे ध्यानाकर्षण गराउँदै आएका थियौँ । केही दिनअघि पनि सार्वजनिक रूपमा ध्यानाकर्षण गराएका थियौँ । सर्वोच्चको आदेशपछि सबैभन्दा मुख्य सरोकार राख्ने विज्ञापन बोर्डलाई पनि यसबारे ध्यानाकर्षणसहित पत्राचार गरेका छौँ । काउन्सिलका तर्फबाट हुनुपर्ने अनुगमन नियमन जारी नै रहन्छ । आदेशानुसारका काम अघि बढाउँछौँ ।”  गोरखापत्र दैनिक

Artha Sanjal
मिती : १७ फाल्गुन २०७९, बुधबार ०८:०९ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

युवासन्त श्रीनिवासाआचार्य पक्राउ

पर्यटकीय क्षेत्र खुम्बुको समस्या समाधानका लागि पहल गर्ने मन्त्री किरातीको प्रतिबद्धता

नीति निर्देशनमा दबाब नदिन मुद्रा कोषलाई उद्योग परिसंघको सुझाव

एमसीसीका सिईओ र अर्थमन्त्री डा. महतबीच शिष्टाचार भेट

ताजा समाचार

  1. युवासन्त श्रीनिवासाआचार्य पक्राउ
  2. पर्यटकीय क्षेत्र खुम्बुको समस्या समाधानका लागि पहल गर्ने मन्त्री किरातीको प्रतिबद्धता
  3. नीति निर्देशनमा दबाब नदिन मुद्रा कोषलाई उद्योग परिसंघको सुझाव
  4. एमसीसीका सिईओ र अर्थमन्त्री डा. महतबीच शिष्टाचार भेट
  5. नेपालमा आर्थिक वृद्धिको उच्च सम्भावना रहेको एसियाली विकास बैंकका पूर्वअध्यक्ष कुरोदाको भनाई
  6. महँगी र बेथितिविरुद्ध संसद्‍मा सांसदको प्रश्नै–प्रश्न
  7. बझाङ केन्द्रबिन्दु बनाएर लगातार ४ रेक्टरमाथिका ६ वटा भूकम्प

विजनेश फोकस

ठमेलकाे गामबेंसी दोहोरी साँझमा म्याद नाघेकाे बि...

सामसङको चाडपर्व अफर : समान खरिदमा ४१ प्रतिशतसम्...

एनआईसी एशिया र एभरेष्ट बैंकको लाभांश सुरक्षित ग...

सेन्साईको दसैँ-तिहार योजना : कुनै पनि सामान किन...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.