लघुवित्त वित्तीय संस्थाहरुले कर्जामा १५ प्रतिशतभन्दा बढी ब्याज लिएमा उजुरी गर्न नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ।
‘लघुवित्त वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर १५ प्रतिशतभन्दा बढी नहुने व्यवस्था गरिएको छ । हाल कुनै पनि लघुवित्त वित्तीय संस्थाको ब्याजदर १५ प्रतिशतभन्दा बढी छैन,’ राष्ट्र बैंकले जारी सूचनामा भनिएको छ, ‘लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत भन्दा बढी ब्याज लिएको भए नेपाल राष्ट्र बैंकमा रहेको वित्तीय ग्राहक संरक्षण इकाइमा गुनासो दर्ता गर्न सक्नुहुनेछ ।’
राष्ट्र बैंकको निर्देशन अनुसार लघुवित्त वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा अधिकतम १५ प्रतिशत ब्याजदर र १.५ प्रतिशत सेवा शुल्क लिन पाइने व्यवस्था छ । तर, लघुवित्त वित्तीय संस्थाले घुमाउरो पाराले तोकेकोभन्दा बढी ब्याजदर र सेवा शुल्क असुली गरिरहेका छन् । यही कारण राष्ट्र बैंकले चेतनामूलक सन्देश जारी गरेको हो ।







