आइएमई लाइफले बोलायो साधारण सभा,यस्ता छन् अन्य एजेन्डा

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चैत ६ गते छैठौं वार्षिक साधारण सभा बोलाएको छ । नयाँ जीवन बीमा कम्पनीको रुपमा सञ्चालित यस कम्पनीले सर्वसाधारणमा ६० लाख कित्ता आईपीओ जारी गर्न २०७८ जेठ ३१ गतेनै बोर्डमा निवेदन दिएको छ ।

उक्त आईपीओ निष्कासनका लागि नियामकको निर्देशन कार्यान्वय गर्न सभाले अख्तियारी दिनेछ । सभाले आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै आर्थिक वर्ष ०७९/८० को लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि टुङ्ग्याउनेछ ।

कम्पनीको पूँजी संरचना परिवर्तन गर्ने, ज्ञापनपत्रमा संशोधन गर्ने, सार्वजनिक शेयर जारी गर्ने सञ्चालक समितिलाई अख्तियारी दिने, निर्देशकको नियुक्ति गर्ने लगायतका एजेण्डा पारित गर्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *