काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई पदबाट निष्कासन गरिएको छ । शनिबार पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
प्रसाईंले यही फागुन १ गते पार्टीको नीति नियम विपरित पूर्व राजा ज्ञानेन्द्र शाहसहित उनका परिवारलाई निमन्त्रणा गरेर छुट्टै अभिायन सुरुवात गरेका थिए । प्रसाईंले देशमा पुनः हिन्दु राष्ट्र र राजतन्त्र फर्काउने भन्दै देशभर रजावादी लिएर अभियान चलाउदै आएका छन् ।
उनले रास्ट्रपतिको निर्वाचनलाई लक्षित गर्दै फागुन २० गते उपत्यकामा सडक आन्दोलन गर्ने तयारी गरिरहेका छन् ।
आफू पनि बैंकको अर्वौ ऋण बोकेका प्रसाईंले अन्य ऋणीलाई समेत बैंक तथा बित्तीय सस्थाबिरुद्ध उचाल्दै ऋण लिएर नतिर्ने जस्तो गलत काममा प्रोत्साहन गरिरहेका छन् ।







