काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आकस्मिक बैठक बोलाएको छ । राप्रपाले आज कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको हो ।
राप्रपाको बैठक परिवर्तित राजनीतिक परिस्थितिबारेछलफल गर्न बैठक बोलाइएको बुझिएको छ । त्यसका साथै मन्त्रीहरु फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थनका फिर्ता लिने कि नलिने भन्ने बिषयमा निर्णय गर्ने बताइएको छ ।
हाल सरकारमा राप्रपाका अध्यक्ष राजेन्द्य्र लिङ्दे उपप्रधानसहित उर्जा तथा सिंचाईमन्त्री रहेका छन् भने विक्रम पाण्डे सहरी विकासमन्त्री, ध्रबबहादुर प्रधान कानूनमन्त्री र दीपकबहादुर सिंह उर्जा तथा सिंचाइमन्त्री रहेका छन् ।
शुक्रबार बसेको बैठकले राष्ट्रपतिलाई समर्थन र प्रस्ताव दुवै नगर्ने निर्ण गरेको थियो । राष्ट्रपतिको निर्वाचनमा भाग लिने या नलिने आजको बैठकले टुंगो लगाउने छ।







