घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

साताको अन्तिम कारोबार दिन (शुक्रबार) पनि सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा १ लाख २ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख १ हजार ९०० रुपैयाँ कायम भएको छ।

हिजो बिहीबार पनि सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको थियो। यो दिन छापनवनलन सुन प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख २ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार २७५ रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा १० रुपैयाँले घटेर १ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *