राष्ट्र बैंकले १३ अर्बभन्दा बढिको ट्रेजरी बिल जारी गर्ने

नेपाल राष्ट्र बैंकले (भोलि) सोमबार १३ अर्ब रुपैयाँ भन्दा बढिको ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकले २८ दिन अवधिको ५ अर्ब, ९१ दिन अवधिको २ अर्ब २३ करोड ३२ लाख रुपैयाँ र १८२ दिन अवधिको ६ अर्ब रुपैयाँ गरी कुल १३ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार २८ दिन अवधिको ट्रेजरी चैत ७ गते, ९१ दिन अवधिको ट्रेजरी २०८० जेठ ९ गते र १८२ दिन अवधिको ट्रेजरी २०८० भदौ ५ गते परिपक्व हुनेछ ।

यसअघि बैंकले २८ दिन अवधिको ७ अर्ब, ९१ दिन अवधिको ७ अर्ब १० करोड रुपैयाँ र १८२ दिन अवधिको ६ अर्ब रुपैयाँ गरी कुल १८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।

ऋणपत्रको बोलकबोल अनलाइनमार्फत दिउँसो ३ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैह्रबैंक तथा वित्तीय संस्थालगायतमध्ये सर्वाधिक अङ्ग कबोल गर्नेलाई राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *