सांसद सोबिता गौतमले नेपाल राष्ट्र बैंकले लघुवित्त र सहकारीलाई कडा रुपमा नियमन र कारबाही गर्नुपर्ने बताएकी छिन् ।
उनले संघीय संसद प्रतिनिधिसभामा बोल्दै यस्तो बताएकी हुन् ।
गौतमले माइक्रोफाइनान्स र सहकारीलाई राष्ट्र बैंकले नियमन गर्न नसक्ने हो भने दोस्रो तहको नियमन निकाय गठन गर्नुपर्ने बताइन् ।
उनले कर्जा लिएका कारण सावा ब्याज तिर्न नसकेर आत्महत्या गर्ने वातावरणको अन्त्य गर्न माग गरीन् । अहिले कतिपय लघुवित्त तथा सहकारीले अत्यधिक नाफा आर्जन गर्न घर घरमा गएर बिना धितो ऋणको प्रलोभन देखाएर आर्थिक शोषण गरिरहेका उनले बताइन् ।
बेरोजगारी, देशको खस्कदो अर्थतन्त्र र महंगीका कारण कर्जा लिनेको संख्या बढेको र त्यसको फाइदा लघुवित्त, सहकारीले उठाउने गरेको उनको भनाइ छ ।







