सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीको कम्पनीको माघ १७ गते बसेको सञ्चालक समिती बैठकले हकप्रद सेयर निष्काशनको प्रस्ताव पारित गर्न विशेष साधारणसभा आह्वान गरेको हो ।
कम्पनीको विशेष साधारणसभा फागुन ४ गते बिहीबार कम्पनी रजिष्टार्डको कार्यलय काठमाडौंमा बिहान ८ बजेदेखि सुरु हुनेछ ।
कम्पनीले चुक्ता पुँजीको ५० प्रतिशत अर्थात हाल कायम २:१ कित्ता सेयर अनुपातमा हकप्रद सेयर निष्काशन गर्न विद्युत नियमन आयोगबाट अनुमति पाईसकेको छ ।
कम्पनीले १० मेगावाट क्षमताको दोलखा जिल्लामा निर्माणधिन सिप्रिङ खोला जलविद्युत आयोजना निर्माण गर्न हकप्रद मागेको हो।
कम्पनीको हकप्रद सेयर निष्काशनका लागि बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्नेछ ।







