भारतबाट आयो ३० हजार टन मल

भारतबाट पहिलो चरणको ३० हजार ६ सय मेट्रिक टन मल नेपाल आइपुगेको छ । भारत र नेपाल सरकारको पहलमा उक्त परिमाणको मल नेपाल भित्रिएको हो।

उक्त परिमाणको मल विभिन्न लट गरेर गत सोमबार नेपाल आइपुगेको नेपाल कृषि सामाग्री कम्पनीका कामु प्रबन्ध सञ्चालक राजेन्द्र बहादुर कार्कीले जानकारी दिए। पहिलो चरणमा ल्याइने ३० हजार टन मलमध्ये २५ सय टन मल पुस २४ गते आएको थियो। त्यसको
लगभग २४ दिनमा सबै मल नेपाल भित्रिएका छन्।

कम्पनीका अनुसार तीसदेखि ५० दिन भित्रमा मल ल्याउने गरि आयातकर्ता कम्पनीसँग सम्झौता  भएको थियो। गत फागुनमा नेपाल र भारत सरकारबीच पाँच वर्षका लागि जिटुजीमार्फत् मल ल्याउन समझदारी पत्रमा हस्ताक्षर भएको थियो।

सम्झौताअनुसार पहिलो वर्ष एक लाख युरिया र ५० हजार डिएपी, दोस्रो वर्ष एक लाख १० हजार युरिया र ६० हजार डिएपी, तेस्रो वर्ष एक लाख १५ हजार युरिया र ८० हजार डिएपी, चौथो वर्ष एक लाख २० हजार युरिया र ९० हजार डिएपी र पाँचौ वर्ष एक लाख २० हजार युरिया र ९० हजार डिएपी मेट्रिक टन मल आउने छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *