नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोसन सेयर सूचीकृत भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको साधारण सभाबाट पारित भएको ४ प्रतिशत बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो ।
सो प्रतिशत दरका कुल ७३ लाख २३ हजार १६ कित्ता बोनस सेयर सूचीकृत भएको हो । सो पश्चात् उक्त सेयर सम्बन्धित सेयरधनीहरुको डिम्याट खातामा जम्मा भएपछि दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ ।







