आरएसडीसी लघुवित्तको साधारण सभा सम्पन्न

आरएडसीडी लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा आज  एशियन होटल बुटवलमा सम्पन्न भएको हो ।

सो सभाले गत आव २०७८/७९ को मुनाफबाट प्रस्ताव गरेको ८ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश गरी कुल ११ प्रतिशत लाभांश पारित गरेको छ ।

साथै गत आर्थिक वर्षको प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । त्यस्तै, सोही आवको अन्त्यसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता वित्तीय विवरणमाथि छलफल गरी पारित गरेको छ । यसका अलावा संस्थापक समूहतर्फबाट प्रतिनिधित्व गर्ने ४ जना संचालकहरु निर्वाचित गर्ने एजेण्डा समेत पारित गरेको छ ।

लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले पुष १५ गते बुकक्लोज गरेको थियो । यसर्थ पुष १४ गतेसम्म कायम शेयरधनीहरुले मात्रै संस्थाको प्रस्तावित लाभांश पाउनेछन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *