कर्पोरेट डेभलपमेन्ट बैंकको लाभांश घोषणा

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश घोषणा गरेको छ।

बैंक सञ्चालक समितिको पुस २६ गते बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफा र वितरणयोग्य अन्य कोषहरुबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ५० करोड रुपैयाँको कुल ५.२६ प्रतिशतले हुन आउने २ करोड ६३ लाख १५ हजार ७८९.४७ रुपैयाँबराबरको लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांशमा ५ प्रतिशतले हुन आउने २ करोड ५० लाख रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.२६ प्रतिशतले हुन आउने १३ लाख १५ हजार ७८९.४७ रुपैयाँबराबरको नगद लाभांश छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *