छ वाणिज्य बैंकको वार्षिक साधारणसभा हुँदै, कुनको एजेन्डा के ?

छ वाणिज्य बैंकहरुको वार्षिक साधारणसभा भोलि हुँदै छ । बिहीबार लक्ष्मी बैंक लिमिटेड, प्राइम कमर्सियल बैंक, राष्ट्रिय वाणिज्य बैंक,हिमालयन बैंक, सिभिल बैंक र सिद्धार्थ बैंकको वार्षिक साधारण हुन लागेको हो ।

लक्ष्मी बैंक लिमिटेड

बैंकको सञ्चालक समितिको पुस ६ गते बसेको बैठकले गरेको निर्णयानुसार बैंकको २२ औँ वार्षिक साधारणसभा भोली २८ गते हुँदैछ । सभा काठमाण्डौको कमलपोखरीस्थित अग्रवाल भवानमा बिहान ११ बजेबाट हुँदै।

बैंकले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छैन । सभाले आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन छलफल गरी स्वीकृति हुँदै ।

प्राइम कमर्सियल बैंक

प्राइम कमर्सियल बैंकको सञ्चालक समितिको बैठकले बैंकको १५ औँ वार्षिक साधारणसभा भोलि (पुस २८ गते) बोलाएको छ । सभा कार्कि ब्याङ्केट काठमाडौंमा बिहान ११ बजेबाट हुँदै ।

वार्षिक साधारणसभामार्फत बैंकले चार प्रतिशत अर्थात् ७४ करोड ६२ लाख ५२ हजार नौ सय १२ रुपैयाँबराबरको बोनस सेयर र चार दशमलव ९५ प्रतिशत अर्थात् ९२ करोड ३४ लाख ८७ हजार नौ सय ७९ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

राष्ट्रिय वाणिज्य बैंक

बैंकको सञ्चालक समितिको पुस ६ गते बसेको बैठकले गरेको निर्णयानुसार बैंकको १७ औं वार्षिक साधारणसभा भोली २८ गते हुँदैछ । सभा दरबारमार्ग स्थित बैंकको सभाहलमा दिउसो २ बजे हुँदै ।

सभाले गत आर्थिक वर्ष ०७८र७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

सर्वसाधारणमा सेयर स्वामित्व नभएको यस बैंकले हाल कायम चुक्तापूँजी रू। १३ अर्ब ९४ करोड ३ लाख ५९ हजारको आधारमा ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत ७।५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । नेपाल सरकारबाट यस बैंकको सेयर पूँजीमा लगानी बापत प्राप्त रकम रू। १ अर्ब बैंकको जारी पूँजी र चुक्तापूँजीमा थप गर्ने विषय समेत सभामा छलफल हुनेछ ।

स्वतन्त्र सञ्चालकको नियुक्ती सम्बन्धमा सभामा जानकारी गराईने समेत बैंकको भनाई छ । साधारण सभा प्रयोजनका लागि बैंकले पुस १८ गते बुक क्लोज हो ।

हिमालयन बैंक

हिमालयन बैंकको सञ्चालक समितिको बैठकले बैंकको ३० औं वार्षिक साधारणसभा भोलि (पुस २८ गते) बोलाएको छ । सभा कार्की व्याङ्क्वेट माइतीघरमा विहान ११ बजेबाट हुँदै ।

साधारण सभाका लागि बैंकले पुस ११ गतेदेखि सेयरधनी किताब बन्द गरेको थियो । यसअनुसार पुस १० गतेसम्म कायम रहेका लगानीकर्ताले बोनस प्राप्त गर्न र साधारण सभामा सहभागि हुन पाउनेछन् ।

के छन् एजेण्डा ?

क) सामान्य प्रस्ताव

१) ३०औं वार्षिक साधारण सभाको लागि सञ्चालक समितिको प्रतिवेदजन

2) लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ साल असार मसान्तको वासलत, सोही मितिमा समाप्त आव ०७८/७९ को नाफा-नोक्सान हिसाव तथा नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने,

३) बैंकको सहायक कम्पनी हिमालयन क्यापिटल आव ०७८/७९ को वित्तिय विवरणसहितको एकीकृत वित्तिय विवरण स्वीकृत गर्ने

४) सञ्चाल समितिले सिफारिस गरेबमोजिम नाफाको बाँडफाँट तथा चुक्ता पुँजी १२ अर्ब ९६ करोड ८७ लाख २५ हजार को ११।११ प्रतिशत (करसहित) ले हुने जम्मा १ अर्ब ४४ करोड ८ लाख २५ हजार नगद लाभांश दिने प्रस्ताव स्वीकृत गर्ने,

५) साधारण सेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पद १ को निर्वाचन,

६) कम्पनी एन २०३३ को दफा १११ अनुसार आर्थिक वर्ष ०७८/७९ का लागि लेखापरीक्षक नियुक्त हुन सक्ने ।

ख) विशेष प्रस्ताव

१) सञ्चालक समितिले सिफारिस गरेबमोजिम बैंकको जारी र हालको चुक्तापुँजीबाट गर्न वृद्दि गर्न चुक्तापुँजीको ८ प्रतिशत हुने जम्मा १ अर्ब ३ करोड ७४ लाख ९८ हजार बोनस सेयर जारी गर्ने सम्बन्धी विशेष प्रस्ताव स्वीकृत गर्ने ।

२) बैंकले आर्थिक वर्ष ७८/७९ को संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बहन गर्ने क्रममा आर्थिक सहयात प्रदान गर्दा कम्पनी एन २०३३ को दफा १०५ को उपदफा १ को खण्ड ग ले निर्धारण गरेको सीमाभन्दा माथि गरेका सहयोगअन्तर्गत विभिन्न संघसंस्था, सामुदायिक अस्पताल लगायत कार्यक्रममा गरेको खर्च कुल रकम एक करोड २७ लाख १७ हजार २२४ अनुमोदन गर्नेलगायत अन्य विभिन्न एजेण्डा पारित गर्ने ।

सिभिल बैंक

सिभिल बैंकको सञ्चालक समितिको बैठकले बैंकको १२ औं वार्षिक साधारणसभा भोलि (पुस २८ गते) हुँदै ।सभा अमृतभोग, कालिकास्थान काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

सभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट ५५ बोनस सेयर र कर तिर्न ०.२६५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि हुनेछ ।

सभामा यस बैंकलाई हिमालयन बैंकले १००ः८०.२८ सेयर स्वाप रेसियोमा प्राप्ति गर्नका लागि अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ।

त्यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल हुनेछ ।

आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ । सभा प्रयोजनका लागि बैंकले पुस १९ गते बुकक्लोज गरेको छ । तसर्थ, पुस १८ गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार बैंकको २१ औ वार्षिक साधारणसभा भोलि (पुस २८ गते) हुँदै । बैंकले प्रस्ताव गरेको कुल १३.१६ प्रतिशत लाभांश सहितका विविध प्रस्ताव पारित गर्न बैंकले त्रिभुवन अफिसर्स क्लब भद्रकालीमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

वार्षिक साधारण सभाले लाभांश प्रस्ताव सहित गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ती प्रक्रियामा जाने भएमा आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय गर्ने विशेष प्रस्ताव रहेको छ ।

बैंकले साधारण सभाबाट गत आर्थिक वर्ष २०७८.७९ सम्मको वितरणयोग्य मुनाफाबाट चुक्ता पूँजी १२ अर्ब ५२ करोड ४४ लाख २६ हजार ८३१ रुपैयाँको १२.५० प्रतिशत (१ अर्ब ५६ करोड ५५ लाख ५३ हजार ३५४)  बोनस सेयर र कर प्रयोजनका लागि ०.६६ प्रतिशत ९८ करोड २३ लाख ९७ हजार ५४५ रुपैयाँ० नगद लाभांश लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । मङ्सिर २० गते बसेको बैंकको सञ्चालक समिति बैठकले कुल १ अर्ब ६४ करोड ७९ लाख ५० हजार ९००  लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

साधारण सभा तथा प्रस्तावित लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १३ गते बुधबार सेयर दाखिल खारेजी (बुकक्लोज) गर्ने भएको छ । बुकक्लोज अनुसार पुस १२ गते मंगलबारसम्म नेप्सेमा सेयर कारोार भई कायम रहने सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *