नेपाल विज्ञापन संघको २३ औं वार्षिक साधारण सभा सम्पन्न

नेपाल विज्ञापन संघको २३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । मंगलवार ्याडिसन होटेल काठमाडौंमा अध्यक्ष सोम प्रसाद धितालको अध्यक्षता, सञ्चार तथा सूचना प्रविधि सचिव डा। बैकुण्ठ अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । बिहान बन्द शत्र बाट सुरु भएको साधारण सभा लगत्तै विज्ञापन उदेश्य उपलव्धी र अपेक्षा विज्ञापन साझा जिम्मेवारीको बारेमा अन्तरक्रिया गरिएको थियो ।

जसको पहिलो सत्रको सहजिकरण अध्यक्ष सोम प्रसाद धिताल र प्यानलिष्ट विज्ञापन बोर्डको अध्यक्ष लक्ष्मण हुमागाई र दोश्रो सत्रको सहजिकरण आनका सल्लाहकार रन्जितराज आर्चाय र प्यानलिष्टहरुमा मिडिया सोसाइटिका अध्यक्ष शुभ संकर कडेल, मिडिया एलायन्सका अध्यक्ष भाष्करराज राजकर्णिकार, नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र सञ्चार तथा सुचना प्रविधि मन्त्रालय का सचिव डा बैकुण्ठ अर्याल प्यानलिष्ट थिए ।

उक्त कार्यक्रमकम सघंका सदस्य एजेन्सीहरुबाट विज्ञापन उद्योग ऐन नियम कार्यविधि आचार संहिताको बारेमा विभिन्न जिज्ञाशा र प्रश्नहरु राखेका थिए । उक्त कार्यक्रममा विशेष अतिथिको रुपमा उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा अतिथिहरुमा संघका पूर्व अध्यक्षज्यूहरु तथा पदाधिकारिज्यूहरु, विज्ञापन बोर्डका प्रतिनिधिज्यूहरु र विभिन्न संघ संस्था, सरकारी निकायको उपस्थिति थियो ।

कार्यक्रमको अध्यक्षता गर्दै अध्यक्ष धितालले विज्ञापन क्षेत्रमा रहेका यावत समस्याहरुको बारेमा सभालाई जानकारी गराउदै मन्त्रिलाई समस्या समाधानमा विशेष पहल गरिदिन अनुरोध गरे ।

संघका पूर्व अध्यक्ष भाष्करराज राजकर्णिकारले विज्ञापन व्यवसाय सम्बन्धी समस्या, चुनौति र समाधानको विषयमा उजागर गरे । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुँमागाइले बोर्डबाट काम भैरहेको र धैर्य गर्न आग्रह गरे । कार्यक्रममा विशेष अतिथिको रुपमा बोल्नु हुदै उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले विज्ञापन निति आवश्यक रहेको बताए ।

सञ्चार तथा सूचना प्रविधि सचिव डा। बैकुण्ठ अर्यालज्यूले यस क्षेत्रका समस्याहरु लिखित रुपमा जानकारी गराउन अनुरोध गर्दै बजार अनुसन्धान गर्न आबह्यक रहेको बताए ।

उदघाट्न शत्रको समापन गर्दे अध्यक्ष सोम प्रसाद धितालले विज्ञापन बोर्डले विज्ञापन उद्योगको बिकासमा जोड्दार माग गरे । साथै आनले सम्मान कार्यक्रम सम्मान कार्यक्रम आरम्भ गरेको र आजको यस सम्मान कार्यक्रममा नपरेका भएपनि सबै उद्यागी व्यवसायीको ठुलो योगदान रहेको बताए ।

करिव दुई घण्टा चलेको उद्घाटन सत्रमा नेपालका प्रतिष्ठित अन्तराष्ट्रिय र राष्ट्रिय कम्पनिहरुलाई उहाँहरुबाट विज्ञापन क्षेत्रमा निरन्तर पु्याएको योगदानको कदर गर्दै विज्ञापनदाता तर्फ चौधरी ग्रुप, एनसेल आजिएटा, डावर नेपाल, बोटलर्स नेपाल लिमिटेड ९कोकाकोला०, शंकर ग्रुप, जाउलाखेल ग्रुप अफ इन्डष्ट्रि, एनआइसि एसिया बैक लिमिटेड लाई सम्मान गरिएको थियो ।

त्यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विज्ञापन एजेन्सी तर्फ मेकवेज, आउटरिच नेपाल, थम्पसन नेपाल लाई कार्यक्रमका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि सचिव डा। बैकुण्ठ अर्याल, उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र संघका अध्यक्ष सोम प्रसाद धिताल संयुक्त रुपमा सम्मानित सस्थाका प्रतिनिधिहरुलाई अर्वाडसबाट सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *