दशौँ सन्तान ‘पनि’ छोरी जन्मिएपछि मृत्यु रोजेकी गौगोराको कहानी

दशौँ सन्तान जन्माउँदा पनि छोरा नभएपछि कर्णाली प्रदेश हुम्ला जिल्लाकी एक आमाले मृत्यु रोजेकी छन् । मंगलबार अदानचुली गाउँपालिका–५ का ३३ वर्षकी गौगोरा छत्यालले दशौँ सन्तानलाई जन्म दिइन् । उनको छोरा पाउने आशा थियो । धेरैले भनेका पनि थिए यो पटक छोरा नै हुन्छ ।

यसअघि उनले ९ छोरीलाई जन्म दिएकी थिइन् । तर दुर्भाग्य भयो मंगलबार १०औँ सन्तानको रुपमा जन्माएकी बच्चा पनि छोरी नै भइदियो । त्यसपछि उनी १०औँ छोरीको आमा भएको ५ मिनेटपनि बेहोस भइन् । उनलाई छोरा नजन्माएको भन्दै परिवारबाट मानसिक तनाव दिइने गरेको थियो । उनी छोरीको अनुहार देखेपछि पाँच मिनेटमै बेहोस भएकी थिइन् । उनलाई छोरा पाउनै पर्ने बाध्यताका कारण उनी ३३ वर्षको उमेरमै १० सन्तानलाई जन्मदिन बाध्यसमेत भएकी थिइन् ।

“जिल्ला अस्पताल हुम्लाकी वरिष्ठ अनमी सरिता बोहरा बेहोस हुनुको कारण मुख्यगरी मानसिक तनाव नै भएको बताउछिन् ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *