प्रभु बैंकको लाभांश साधारणसभाबाट पारित

प्रभु बैंकको २१औँ वार्षिक साधारणसभाबाट सम्पन्न भएको छ । बैंकको सभा काठमाडौंको बबरमहलस्थित प्रभु बैंकको केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित ६.५ प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद लाभांश (करसहित) कुल ८ प्रतिशत लाभांश पारित गरेको छ।

त्यसैगरी, साधारणसभाले सेञ्चुरी बैंकलाई प्राप्ति गर्ने अन्तिम सम्झौतापत्र स्वीकृत गरेको छ। सभाबाट सेञ्चुरी बैंकलाई १:१ सेयर स्वाप रेसियोमा प्राप्तिका लागि अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित भएको छ। सेञ्चुरी बैंकलाई प्राप्ति गर्न संयुक्त प्राप्ति समितिले गरेको निर्णयलगायतका सम्पूर्ण कामकारबाही पनि सभाले अनुमोदन गरेको छ।

गत साउन १५ गते यी दुई बैंकबीच प्राप्तिसम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो। मर्जरपश्चात प्रभु बैंकको नामबाट एकीकृत कारोबार हुनेछ।

हाल प्रभु बैंकको चुक्तापुँजी १२ अर्ब ७० करोड रुपैयाँ र सेन्चुरीको ९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ। मर्जरपछि प्रभुको चुक्तापुँजी २२ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *