अत्याधिक धुवाँ फाल्ने २२ ओटा सवारी साधन कारबाहीमा

काठमाडौंको सोह्रखुट्टेमा गरिएको विशेष चेकिङका क्रममा अत्याधिक धूँवा फाल्ने २२ वटा सवारी साधनलाई कारबाही गरिएको छ । अत्याधिक धुवाँ फाल्ने भाडाका बस, माइक्रो, ट्याक्सी र निजी चारपाङग्रे गरी २२ ओटा सवारी साधन कारबाहीमा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

उनका अनुसार यातायात व्यवस्था विभाग मिनभवन, वातावरण विभाग बबरमहल तथा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको टोलीले आज बिहान सोह्रखुट्टेमा ४० ओटा सवारी साधनलाई चेक गर्दा २२ ओटा कारबाहीमा परेका हुन् । कारबाही गरिएका सवारी साधनलाई आजै वातावरण विभाग बबरमहल पठाइएको छ ।

सवारी साधन मर्मत पश्चात तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *