सेयरबजार सामान्य ओरालो लाग्दा ८६ करोडको कारोबार

सेयरबजारमा आज  गिरावट आएको छ । यसदिन सेयर बजार मापक नेप्से परिसूचक ५.८९ अंकले घटेर १८६७.२२ बिन्दुमा ओर्लिएको छ ।

यता, सेन्सेटिभ परिसूचक १.३१ अंकले घटेर ३६५.३४ बिन्दुमा ओर्लिएको छ ।

नेप्सेमा सूचीकृत २५२ कम्पनीको २४ लाख ४० हजार ३०७ कित्ता सेयर किनबेच हुँदा ८६ करोड ३८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

यसदिन कारोबार भएकामध्ये ६३ कम्पनीको मात्र सेयर मूल्य बढेको छ, भने १४० कम्पनीको सेयरमूल्य घटेको छ । ९ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *