नेपाल फाइनान्स लिमिटेडको ११ लाख बढी कित्ता सेयर पुस २० गतेबाट लिलामीमा ल्याउने भएको छ। कम्पनीले संस्थापक समूहको ११ लाख १६ हजार ६१६.१८७ कित्ता हकप्रद सेयर कम्पनीले फेरि लिलामीमा राख्ने भएको हो।
लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी बोलपत्र पेस गर्न सक्नेछन्।
यो लिलामी सेयरमा न्यूनतम १ हजार कित्ता र अधिकतममा १० अंकले भाग जाने गरी सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेस गर्न सकिनेछ।
लगानीकर्ताले काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटल र नेपाल फाइनान्सको कमलादीस्थित केन्द्रीय कार्यालय तथा शाखाहरु बनेपा, माछापुच्छ्रे, लगनखेल र तिलोत्तमा तथा प्रभु बैंकका शाखाहरु विराटनगर, वीरगन्ज, पोखरा, नेपालगन्ज, सुर्खेत र धनगढीबाट पनि खरिद आवेदन पेस गर्न सक्नेछन्। बोलपत्र पेस गर्ने अन्तिम मिति माघ ४ गतेसम्म तोकिएको छ।






