अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

‘राइड सेयरिङ’ मा यात्रा सहजतासँगै यस्ता छन् अति खराब पक्ष

  • अर्थ सन्जाल
  • ४ पुष २०७९, सोमबार ०९:५१


काठमाडौं ।  ‘राइड सेयरिङ’ सेवा सुरक्षा र नियमनका सवालमा सरकारप्रति जवाफदेही बन्न सकेका छैनन् । सार्वजनिक यातायात क्षेत्रको बजारमा हस्तक्षेप गरिरहेका पठाओ, टुटल र इनड्राइभर सेवाका प्रयोगकर्ता आफैँ जोखिम मोलेर तिनको प्रयोग गर्न बाध्य छन् ।

कम्पनीमा दर्ता भएर अनलाइनमा सेवा दिनेभन्दा दर्ता भएका र नभएका राइडरहरू माझ अफलाइनमा मोलमोलाई गर्ने प्रवृत्ति बढ्दो छ । राइडर र व्यक्तिपिच्छे भिन्न भाडादरमा मोलमोलाइ गर्दै गरेको सडक छेउमा जति पनि देख्न सकिन्छ । अर्कोतर्फ यस्ता एप्सले आम सेवाग्राहीको दैनिकी निकै सहज बनाएका छन् । युवा माझ मोटरसाइकल आयआर्जनको साधन हुनुका साथै लाखौँ युवा स्वरोजगार पनि भएका छन् । तर यी सेवा कानुनी रूपमा दर्ता, व्यवस्थापन र नियमन नहुँदा सम्भावित दुर्घटना बढेको यातायात व्यवस्था विभागले जनाएको छ । हाल राइडरका रूपमा यस्ता राइड सेयरिङ एप्समा झन्डै तीन लाख ५० हजार नेपाली युवा जोडिएका छन् ।

टुटल प्रालिका प्रमुख कार्यकारी अधिकृत शिक्षित भट्टले फुर्सदको समय र बिदाका दिनमा पनि काम गर्न सकिने भएकाले युवाको आकर्षण बढेको बताए । सन् २०१८ देखि सञ्चालनमा आएको पठाओ प्रालिको पठाओ एप डाउनलोड गर्नेको सङ्ख्या ३५ लाख पुगेको छ । यस्तै एक लाख ५० हजार राइडर पठाओमा दर्ता भई सेवा दिइरहेका छन् । पठाओले मोटरसाइकल, ट्याक्सी र खाद्य ढुवानी (फुड डेलिभरी)को सुविधा दिँदै आएको छ । हाल पठाओमार्फत दैनिक ७० हजारले सेवा लिइरहेका छन् । पठाओको सेवा चितवन र काठमाडौँमा सञ्चालनमा छ ।

सन् २०१६ देखि सञ्चालनमा आएको टुटलले ९० हजार मोटरसाइकल दर्ता गरेको छ । दैनिक २५ हजार सेवाग्राहीले सुविधा लिइरहेका छन् । टुटलमा ९० हजार युवा स्वरोजगार छन् । यसले मोटरसाइकल र ट्याक्सीको सेवा दिइरहेको छ । टुटल र पठाओजस्तै यात्रुलाई सेवा दिने कम्पनीहरूको सङ्ख्या दर्जन पुग्न लागेको छ । इनड्राइभर, सहारा, सारथि, सजिलो, पुर्‍याइदेऊ, जाऊँ गुरुलगायतका कम्पनीले सेवा दिइरहेका छन् । यी कम्पनीमार्फत दैनिक पाँच लाखले सेवा लिइरहेको उनीहरूको दाबी छ ।

आम्दानीको राम्रो स्रोत 
“जति काम गर्न सक्यो त्यति नै बढी आम्दानी भएको छ,” पठाओ प्रालिका बजार प्रबन्धक सुरक्षा हमालले भनिन्, “फुल टाइम राइडरले मासिक ६० हजार रुपियाँ कमाएका छन्, पार्ट टाइम गर्नेले पनि मासिक २५/३० हजार रुपियाँ कमाएका छन् । बेरोजगारलाई आम्दानीको राम्रो स्रोत भएको छ ।” उनले आफूहरूको सेवाले सेवाग्राही खुसी भएको र अहिलेसम्म सेवाग्राहीले हामी ठगियौँ भनेर कसैले गुनासो नगरेको दाबी गरिन् ।

एक वर्षदेखि राइडरको काम गर्दै आएका विकास घिमिरेलले भने, “म पार्ट टाइम काम गर्छु । फुर्सदको समय उपयोग भएको छ । काठमाडौँमा बस्ने खर्च पनि जोहो भएको छ । मोटरसाइकल त्यसै गुडाउनुपथ्र्यो अहिले त्यही मोटरसाइकलले आम्दानी दिएको छ । म त खुसी छु । युवाले काम पाएका  छन् ।”

कीर्तिपुरका राम राजवंशी कामका लागि दैनिक बागबजार आउनुपर्छ । पठाओ, टुटलजस्ता सेवा आएर निकै सजिलो भएको बताउँदै उनले भने, “म पठाओ र टुटल नै प्रयोग गर्छु । बसमा साह्रै तनाव हुन्थ्यो । ट्याक्सीमा सधैँ चढ्नसक्ने कुरा भएन । बस चढ्न बसपार्क जानुपर्ने, भीड उस्तै तर पठाओ जहाँ बोलायो त्यहीँ आउँछ । छिटो पुगिन्छ । निकै सजिलो भएको छ ।” गोरखापत्र दैनिकबाट

Artha Sanjal
मिती : ४ पुष २०७९, सोमबार ०९:५१ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

सिटिजन लाइफ इन्स्योरेन्सको साधारणसभाबाट आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित

अवाले परिवारको पीडाः भू–माफियाले अर्बौको सम्पति कब्जा गरेर घरबरविहीन बनाए, अदालत पनि किने

अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड नेपालमा

अपि पावरले हकप्रद सेयर निष्कासन गर्ने

ताजा समाचार

  1. सिटिजन लाइफ इन्स्योरेन्सको साधारणसभाबाट आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित
  2. अवाले परिवारको पीडाः भू–माफियाले अर्बौको सम्पति कब्जा गरेर घरबरविहीन बनाए, अदालत पनि किने
  3. अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड नेपालमा
  4. अपि पावरले हकप्रद सेयर निष्कासन गर्ने
  5. माया खोला हाइड्रोपावरको आइपीओमा कतिले दिए आवेदन ?
  6. माछापुच्छ्रे बैंकद्वारा विद्यार्थीलाई न्यानो कपडा र ब्ल्याङ्गकेट वितरण
  7. रास्वपाको सभापतिमा पुनः रवि लामिछाने

विजनेश फोकस

कामना सेवा विकास बैंकको कामु सीईओमा विनय दाहाल

सूर्या लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनि...

सिभिल लघुवित्तको लाभांश प्रस्ताव

उपकार लघुवित्तद्वारा बम्पर लाभांश घोषणा, बोनस क...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.