

काठमाडौँ । नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले अध्ययन गरेर नै नयाँ नीति नियम बनाउने गरेको बताएका छन् । राम्रो गर्नका लागि नै नयाँ नीति नियम बन्ने उल्लेख गर्दै अधिकारीले राम्रो काम गरेको सन्देश बजारसम्म पुर्याउनुपर्ने बताएका हुन् ।
नेपाल आर्थिक पत्रकार सङ्घ नाफिजले आयोजना गरेको कार्यक्रममा बोल्दै अधिकारीले कुनै पनि व्यक्ति वा संस्थाले ऋण तिर्दिन भन्दै हिँड्न नहुने बताए ।
उनले भने, ‘माइक्रोफाइनन्सले पैसा तिर्दिन भन्दै हिँडेका छ । केही व्यक्तिले लोन मिनाहा गर्दिन्छु भन्दै हिँडेका छन् । लोन लिएर हामी तिर्दैनौ भन्दै आन्दोलन गर्न मिल्छ ?
साथै उनले वाणिज्य बैंकहरूले ऋणीमाथि ऋण थोपर्दा लगानीयोग्य तरलताको समस्या आएको समेत प्रस्ट पार। बैंकहरूले ऋण असुल्नुभन्दा पनि ऋणीमाथि ऋण थप्दै जाँदा प्रणालीमा स्रोतको अभाव भएको उनको दाबी थियो। ।
Artha Sanjal
अर्थ सन्जाल