शिखर इन्स्योरेन्सको लाभांश घोषणा

शिखर इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।

कम्पनीले आर्थिक वर्षको वितरणयोग्य नाफा जगेडा तथा कोष रकमबाट हाल कायम चुक्तापुँजीको कुल १६.८४२१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांशमा १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.८४२१ प्रतिशत नगद लाभांश छन्।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *