‘हनी ट्रयाप’ मा पारेर ५ करोडसम्मको बार्गेनिङ, २ महिलासहित ३ जना पक्राउ

‘हनी ट्रयाप’ मा पारेर पैसा असुल्न खोज्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले दुई महिला र एक पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गढवा गाउँपालिका– ६ घर भई हाल तुलसीपुर उपमहानगरपालिका–६ दशरथ टोलमा बस्ने अनुष्का सिंह भनिने ३५ वर्षीया कृष्णा गहतराज, तुलसीपुर–१८ ग्वारखोला बस्ने ३८ वर्षीया कृष्णाकुमारी बस्नेत र घोराही उपमहानगरपालिका–१० नारायणपुर बस्ने जनक भनिने २६ वर्षीय रुद्रबहादुर केसी रहेका छन् ।

उनीहरुले केटालाई सुरुमा माया देखाएर पछि आफूले भने जति पैसा नदिए बलात्कारमा फसाइदिने भन्दै बार्गेनिङ गर्ने गरेको प्रहरीले जनाएको छ । पीडकले पिडितसँग ५ करोडसम्मको बार्गेनिङ गरेको पाइएको छ ।

प्रहरीले आरोपित तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *