यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैँकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार  आज अमेरिकी डलर एकको खरिद दर १२९.८२ रुपैयाँ रहेको छ भने बिक्री दर १३०.४२ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १३६.८३ रुपैयाँ रहेको छ भने बिक्री दर १३७।४६ रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १५९.५७ रुपैयाँ रहेको छ भने बिक्री दर १५०.३१ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.१५ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.५६ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३४.५४ रुपैयाँ रहेको छ भने बिक्री दर ३४.७० रुपैयाँ रहेको छ ।

मलेसियन रिंगिट एकको खरिद दर २९.५९ रुपैयाँ रहेको छ भने बिक्री दर २९.७२ रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *